Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल टेलिकमको व्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेज कसरी लिने ? जान्नुहोस्

नेपाल टेलिकमको व्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेज कसरी लिने ? जान्नुहोस्


  • 8.4K
    Shares

    नेपाल टेलिकमको व्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेज कसरी लिने ? जान्नुहोस्

    नेपाल टेलिकमले ब्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेज केही समयअघि ल्याएको थियो। यो कसरी प्रयोग गर्ने यहाँ दिइएको छ।

    १. व्यालेन्स ट्रान्सफर  नेपाल टेलिकम एपमा उपलब्ध ‘व्यालेन्स ट्रान्सफर’ अप्सनबाट दिइएको निर्देशन अनुसार व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ। प्रिपेड मोबाइल प्रयोगकर्ताले *422*Security Code*Mobile Number*Rupees# डायल गरेर पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ।

    सेक्युरिटी कोड प्राप्त गर्नका लागि आफ्नो मोबाइलबाट *412# लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ।

    यहाँ व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर र त्यसपछि आफूले पठाउन चाहेको रकम (रुपैयाँमा) उल्लेख गर्नुपर्छ। यस प्रक्रियामा प्रिपेड मोबाइलमा भएको व्यालेन्स प्रिपेड वा पोस्टपेड दुवैमा ट्रान्सफर गर्न सकिन्छ।
     
    २. रिचार्ज कार्डको प्रयोग बजारमा उपलब्ध रिचार्ज कार्डको प्रयोग गरेर आफ्नो मोबाइलमा रिचार्ज गर्न http://offer.ntc.net.np/ डायल  गर्न सकिन्छ। यसैगरी अरु मोबाइलमा वा नेपाल टेलिकमका अरु सेवाहरु रिचार्ज गर्नुपरेमा *412# डायल गरी त्यहाँ दिइएको निर्देशनअनुसार गर्नुपर्छ।  

    ३. गिफ्ट प्याकेज  नेपाल टेलिकमले भ्वाइस तथा डाटा सेवाहरु उपहारस्वरुप दिन मिल्ने गरी ल्याएको छ।

    यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा उपहारका रुपमा प्रदान गर्न सकिन्छ। नेपाल टेलिकम एपमार्फत् गिफ्ट प्रदान गर्नका लागि त्यसमा भएको ‘गिफ्ट प्याकेजेज’ मा क्लिक गर्नुपर्छ।

    विभिन्न दरका डाटा र भ्वाइस प्याकेजको सूची हेरेर ‘डाटा’ लेखिएको एपमा गई कति एमबीको डाटा उपहार दिने निश्चित गर्नुपर्छ। र ‘क्लिक टु सब्सक्राइब’ लेखिएको स्थानमा क्लिक गरी गिफ्ट दिन चाहेको मोबाइल नम्बर लेखी ‘ओके’ गर्नुपर्छ। यसैगरी ‘भ्वाइस’ क्लिक गरी भ्वाइस प्याकेज गिफ्ट दिन सकिन्छ । 

    त्यसगरी https://www.ntc.net.np/recharge मा गएर पनि रोजिएका प्याकेजहरु प्रदान गर्न सकिन्छ। यसरी गिफ्ट दिँदा गिफ्ट दिनसाथ व्यक्तिकै मोबाइलबाट व्यालेन्स रकम काटिन्छ।

    ४. मोबाइल बैंकिङ  हाल अधिकांश बैंकहरुले मोबाइल बैंकिङ सेवा उपलब्ध गराएका छन्। मोबाइल बैंकिङबाट जुनसुकै नम्बरमा टपअप गर्न र व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ।
     
    ५. अनलाइन रिचार्ज बजारमा किनेको रिचार्ज कार्डबाट आफन्त वा साथीभाईको नम्बरमा व्यालेन्स पठाउनु परेमा नेपाल टेलिकमको साइटमा उपलब्ध अनलाइन रिचार्ज पोर्टलको प्रयोग गर्न सकिन्छ।

    यसका लागि रिचार्ज कार्डको पिन नम्बर, सिरियल नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर आवश्यक हुन्छ। https://www.ntc.net.np/recharge लिंकमार्फत आफूसँग रहेको मास्टर कार्ड, एटीएम कार्ड, भिसा र युनियन पे जस्ता कार्ड प्रयोग गरेर पनि आफ्नो वा आफन्तको मोबाइलमा रिचार्ज गर्न र बिल तिर्न सकिन्छ। 

    ६. विभिन्न डिजिटल वालेटको प्रयोग  नेपाल वा नेपाल बाहिरबाट समेत विभिन्न एपको प्रयोग गरेर आफ्नो वा आफन्तको मोबाइल रिचार्ज गर्न सकिन्छ।

    हाल नेपालमा प्रचलित ई–सेवा, खल्ती, आइएमई–पे, प्रभु–पे आदि डिजिटल वालेट यसैका उदाहरण हुन्। विभिन्न डिजिटल वालेटको प्रयोग गरी नेपालमा रहेका आफन्तको मोबाइलमा रिचार्ज गरीदिने प्रचलन हाल बढ्दो छ। 

    ७. एमपोस पिनलेस रिचार्ज नेपाल टेलिकमले तोकेका सेवा प्रदायकहरु (जस्तै: स्टेसनरी पसल) ले ग्राहकको मोबाइलमा सिधै व्यालेन्स रकम ट्रान्सफर गरिदिने सुविधा पनि उपलब्ध छ। आफूले व्यालेन्स रकम हाल्न चाहेको मोबाइल नम्बर उपलब्ध गराएपछि सेवा प्रदायकले सिधैँ त्यही नम्बरमा रकम उपलब्ध गराउन सक्छन्। 

    ८. सेल्फ केयरको प्रयोग नेपाल टेलिकमको वेबसाइटमा रहेको सेल्फ केयर एकाउन्ट सेक्सनमा लग इन गरी यो सेवाको प्रयोग गर्न सकिन्छ। सेल्फ केयर एकाउन्ट प्रयोग गर्न सबभैन्दा पहिले रजिष्टर गर्नुपर्छ।

    रजिष्टर बटनमा क्लिक गरी त्यहाँ दिइएका विवरण अपडेट गरेपछि कम्पनीका विभिन्न सेवा उपयोग गर्न सकिन्छ।

    सेल्फ केयरमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ। यसैबाट आफन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन, आफूले खरिद गरेका विभिन्न प्याकेजको जानकारी लिन र मोबाइलमा उपलब्ध व्यालेन्स सम्बन्धी जानकारी लिन पनि सकिन्छ।

    प्रकाशित मिति :कार्तिक २६ २०७८ शुक्रवार - २०:४६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij