Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ह्वाट्सएपको प्रोफाइल फोटो कसैले नदेखिने यस्तो छ तरिका

ह्वाट्सएपको प्रोफाइल फोटो कसैले नदेखिने यस्तो छ तरिका


  • 6.5K
    Shares

    ह्वाट्सएपको प्रोफाइल फोटो कसैले नदेखिने यस्तो छ तरिका

    काठमाडौं । ह्वाट्सएप विश्वकै सबैभन्दा बढी प्रयोग म्यासेजिङ एप मात्रै नभएर यो एक सामाजिक सञ्जाल पनि हो । किन भने फेसबुक, इन्स्टाग्राम, ट्वीटर जस्ता सामाजिक सञ्जाल जस्तै यसमा पनि केही समान फिचर रहेका छन् ।

    त्यसमध्ये एक ह्वाट्सएपको प्रोफाइल पिक्चर हो । जुन तपाईंको म्यासेजसँगै देखिएको हुन्छ । यस्तोमा कतिपय प्रयोगकर्तालाई आफ्नो फोटो अरुले नदेखुन् भन्न पनि हुन सक्छ । त्यसको विकल्प भनेको प्रोफाइलमा रहेको फोटा हटाउनु हो ।

    त्यसैले यहाँ हामी तपाईंहरूलाई आफ्नो ह्वाट्सएपको प्रोफाइल पिक्चर कसरी हटाउने भन्ने विषयमा जानकारी दिँदैछौं ।त्यसका लागि सुरुमा ह्वाट्सएप खोल्नुहोस् र दायाँ साइडको माथि रहेको ‘थ्रि डट’ मेन्युमा गएर त्यहाँ रहेको ‘सेटिङ’ मा क्लिक गर्नुहोस् ।

    अब ‘अकाउण्ट’ मा क्लिक गरि ‘प्राइभेसी’ अप्सनमा गएर ‘प्रोफाइल फोटो’ मा क्लिक गर्नुहोस् ।

    त्यहाँ डिफल्टमा तपाईंको फोटो सबैले हेर्न मिल्ने ‘एभ्रिवान’ अप्सन रहेको छ । त्यसको सट्टामा तपाईंले ‘नोवड्डी’ अर्थात कसैले नदेख्ने अथवा ‘माई कन्ट्याक्ट’ अर्थात आफ्नो कन्ट्याक्टमा रहेका साथिहरुले मात्रै हेर्न मिल्ने गरि विकल्प छनोट गर्न सक्नुहुनेछ । 

    प्रकाशित मिति :कार्तिक २६ २०७८ शुक्रवार - ११:५५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij