काठमाडौँ । सुनको भाउ ५ महिनापछि प्रतितोला ९४ हजार माथि पुगेको छ । कार्तिक २६ गते, शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । यसअघि जेष्ठ महिनामा सुन सोहि मूल्य बराबरमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सुनको मूल्य लागातार तेश्रो दिन वृद्धि भएको हो ।