२०८२ कार्तिक ६ गते बिहिवार
गण्डकी प्रदेश सभाको विशेष अधिवेशन २१ पुसबाट सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले २१ गते साढे १ बजेका लागि विशेष अधिवेशन बोलाउनुभएको हो ।
प्रदेश सभाको विशेष अधिवेशन पोखरा सभागृहमा गर्नेबारे छलफल गरिएको छ । कोभिड प्रोटोकल अनुसार भौतिक दूरी कायम गर्न सभागृहमा गर्नेबारे छलफल गरीएको छ । विशेष अधिवेशन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीले मंसिर ३० गते प्रदेश प्रमुखलाई माग पत्र बुझाएका थिए ।
संयुक्त मागपत्रमा नेपाली कांग्रेसका १५ र समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका थिए । संविधानको धारा १ सय ८३ अनुसार एक चौथाइ सांसदले माग गरे विशेष अधिवेशन बोलाउनुपर्ने प्रावधान छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij