Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

भारतमा प्रतिबन्धपछि पब्जी गेम झनै लोकप्रिय

भारतमा प्रतिबन्धपछि पब्जी गेम झनै लोकप्रिय


  • 9.1K
    Shares

    भारतमा प्रतिबन्धपछि पब्जी गेम झनै लोकप्रिय
    images

    भारत । भारतमा प्रतिबन्ध लगाइएको पब्जी गेम अझै पनि त्यहाँका युवाहरुको लागि लोकप्रिय मात्र नभइ अपराधको माध्यम पनि बन्न पुगेको छ ।

    भारतमा पब्जी गेमले गर्दा युवाहरु अहिले अपराधको उपल्लो श्रेणीमा पुगेका छन् । पब्जीको आगमनपछि भारतमा युवाहरूको लागि यो गेम पहिलो रोजाइ बन्यो । हाल यो रोजाइले युवाहरुलाई अपराध गर्ने बिन्दुमा पुर्याएको छ ।

    यस विषयमा हालसम्म सयौं मुद्दा दर्ता भएका छन् । लुटपाट, चोरी, हत्या, बलात्कार, साइबर ठगी, आत्महत्या जस्ता धेरै घटना भएका छन् ।

    शुक्रबार नै, उज्जैन, मध्य प्रदेशमा, एक युवाले पब्जीको लागि ५ हजार रुपैयाँ पाउन एक नाबालिगको हत्या गरे। जुन २९ मा छत्तीसगढको काङ्केरमा १२ वर्षीय बालकले आमाको खाताबाट २७८ पटक कारोबार गरेर लाखौं रुपैयाँ उडाए ।

    छिन्दवाडामा पब्जी गेम खेलिरहेका एक युवाले मिसन पूरा गर्न पानीको सट्टा अकस्मात एसिड पिए। युवक खेल खेल्न निकै व्यस्त थियो । तिर्खा लागेपछि उनले पानी नजिकै राखिएको एसिडको बोतल खोलेर पिए ।

    भोपालमा पब्जी गेममा मित्रता गरेपछि आरोपीले १२ वर्षीया बालिकासँग सामूहिक बलात्कारको घटना घटाएका छन् । पब्जी गेम खेल्ने क्रममा ३ जना अभियुक्तले नाबालिगसंग मित्रता गरेको प्रहरीले जनाएको छ । त्यसपछि उसलाई आफ्नो जालमा फसाउन थाले । त्यसपछि आरोपीले नाबालिगलाई भेट्न बोलाएर सामूहिक बलात्कारको घटना गराए ।

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - १७:०५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij