Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज देशभर विरोध प्रदर्शन गर्दै प्रचण्ड–नेपाल समूह

आज देशभर विरोध प्रदर्शन गर्दै प्रचण्ड–नेपाल समूह


  • 8.1K
    Shares

    आज देशभर विरोध प्रदर्शन गर्दै प्रचण्ड–नेपाल समूह

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दैछ । प्रचण्ड–नेपाल समूहले काठमाण्डौंको प्रदर्शनी मार्गमा आज सभा गर्ने भएको हो ।

    सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । ने

    कपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेको थियो । यसअघि हिजो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि देशभर विरोध प्रदर्शन गरेको थियो ।

    यसैक्रममा भक्तपुरमा आयोजित कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषय सर्बोच्चमा पुगेको भन्दै नेपाली कांग्रेसले अदालतको निर्णय मान्य हुने बताउनुभयो ।

     

    प्रकाशित मिति :पौष १४ २०७७ मंगलवार - ११:२०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij