Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

वामदेव गौतम नेकपा माओवादी केन्द्रमा प्रवेश गर्न लागेको सूर्य थापाको आशंका

वामदेव गौतम नेकपा माओवादी केन्द्रमा प्रवेश गर्न लागेको सूर्य थापाको आशंका


  • 5.7K
    Shares

    वामदेव गौतम नेकपा माओवादी केन्द्रमा प्रवेश गर्न लागेको सूर्य थापाको आशंका

    काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले आफ्ना पूर्वउपाध्यक्ष वामदेव गौतम नेकपा माओवादी केन्द्रमा प्रवेश गर्न लागेको आशंका गरेका छन्।

    नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य गौतमले बुधबार अमेरिकालाई अमेरिकी मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लान आग्रह गर्दै विज्ञप्ति निकालेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय थापाले गौतमलाई माओवादी केन्द्रमा जान लागेको आरोप लगाएका हुन्।

    एमाले अध्यक्ष ओलीसँगको झगडापछि माधव नेपालले अलग्गै पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेपछि वामदेव गौतमले एमाले परित्याग घोषणा गरेका थिए। अहिले उनी औपचारिक रूपमा कुनै पार्टीमा आबद्ध छैनन्।

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - १०:२६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij