२०८२ कार्तिक ६ गते बिहिवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादको असर राष्ट्रिय खेलकुदमा पनि पर्न थालेको छ । राखेपका सदस्य अर्जुनबहादुर केसीले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रिय खेल संघको सिफारिसमा काठमाडौं चपलीका केसीलाई तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार)ले राखेप सदस्य नियुक्त गरेका थिए । साउन १५ गते केसीसँगै ६ सदस्य नियुक्त भएका थिए ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि दोस्रो पटक राखेप सदस्य भएका केसीले आइतबार युवा तथा तथा खेलकुद मन्त्रीलाई राजीनामा दिएका हुन् । यसअघि पनि उनी राखेप सदस्य थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदमका विरुद्ध सिंगो देश आन्दोलित भइरहेको बेला अवैधानिक सत्ताको पक्षमा रहेर रमिते बन्नु उचित रहेन भन्दै राजीनतामा गरेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij