Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

तामाको भाँडामा भुलेर यस्ता खानेकुरा राख्नुहुदैन !!

तामाको भाँडामा भुलेर यस्ता खानेकुरा राख्नुहुदैन !!


  • 18.6K
    Shares

    तामाको भाँडामा भुलेर यस्ता खानेकुरा राख्नुहुदैन !!

    तामाको भाँडाको प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्छ किनकि केही खानेकुरा यसमा राख्दा तामामा केमिकल रियाक्सन हुन्छ जुन शरीरका लागि निकै घातक साबित हुनसक्छ । धेरै जसोलाई तामाको भाँडाको फाइदाबारे थाहा छ तर त्यसले पुर्याउने नोक्सानीबारे भने कमैलाई थाहाहोला । तामामा सुख्खा खानेकुरा राख्दा कुनै हानी हुँदैन ।

    अचार, दही र कागतीको रस :
    तामाको भाँडामा अचार राख्दा फुड पोइजनिङ हुनसक्छ । यस्तै, कागतीको रसमा भएको एसिड तामासँग मिलेर रियाक्ट हुन्छ । जसका कारण एसिडिटी वा पेट दुखाईजस्तो समस्या हुनसक्छ । यसबाहेक दहीमा भएको तत्व पनि तामासँग मिसेर रियाक्ट हुन्छ जसले गर्दा फुड पोइजनिङको खतरा बढ्न सक्छ ।

    अमिलो फल र दुध :
    तामाको भाँडामा स्याउ, अनार, अम्बा, मेवाजस्ता फल बिर्सेर पनि नराख्नुहोस् । यस्ता फल खाँदा बान्ता हुने, रिंगटा लाग्नेजस्तो समस्या निम्तिन सक्छ । तातो होस् वा चिसो दुध पनि तामाको भाँडामा राख्नुहुँदैन । यसले पनि स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्छ ।

    प्रकाशित मिति :मंसिर १ २०७७ सोमवार - १३:५२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij