Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

माओवादीले ३० लाख पार्टी सदस्य बनाउने घोषणा

माओवादीले ३० लाख पार्टी सदस्य बनाउने घोषणा


  • 5.7K
    Shares

    माओवादीले ३० लाख पार्टी सदस्य बनाउने घोषणा

    काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी वैठक बसिरहेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बिहान साढे ११ बजेदेखि शुरु भएको बैठक अहिले पनि जारी छ ।

    बैठकमा समसामयिक राजनीति, आसन्न राष्ट्रिय सम्मेलन, संगठन सुदृढीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ । माओवादी केन्द्रले पुसको दोस्रो साताका लागि राष्ट्रिय सम्मेलनको मिति तोकेको छ । पर्सि २५ गतेसम्म सदस्यता नवीकरण गरिसक्ने माओवादीको निर्णय छ ।

    तर, ३० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको माओवादीले आजसम्म पनि अपेक्षित रुपमा सदस्यता वितरण गर्न सकेको छैन । माओवादीले पहिलो पटक व्यवस्थित रुपमा सदस्यहरुको विवरण सफ्टवेयरमार्फत अद्यावधिक गर्न लागेको हो ।

    माओवादीले यसअघि दुई पटकसम्म राष्ट्रिय सम्मेलनको कार्यतालिक हेरफेर गरिसकेको छ । निर्धारित मितिमा सदस्यता नवीकरण सम्पन्न हुने नदेखिएकाले त्यसबारे छलफल गर्न आज बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नाराणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल, देवेन्द्र पौडेल, देव गुरूङ, शक्ति बस्नेतलगायतका नेताहरु सहभागी छन् ।

    प्रकाशित मिति :कार्तिक २३ २०७८ मंगलवार - १४:५३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij