Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

५० जना एयरहोस्टेसले बीच सडकमै धमाधम कपडा खोल्न थालेपछि...

५० जना एयरहोस्टेसले बीच सडकमै धमाधम कपडा खोल्न थालेपछि...


  • 9.5K
    Shares

    ५० जना एयरहोस्टेसले बीच सडकमै धमाधम कपडा खोल्न थालेपछि...
    images

    इटलीको नयाँ राष्ट्रिय एयरलाइन्स कम्पनीका कैयौं एयरहोस्टेसले बीच सडकमा उभिएर आफ्नो कपडा खोलेर कम्पनी विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

    इटलीको नयाँ एयरलाइन्स कम्पनी आइटिए एयरवेजमा भएको पारिश्रमिक कटौतीको विरोधमा यी एयरहोस्टेस सडकमा उत्रिएका थिए । उनीहरुले आफूहरुको मेहनतले कम्पनी सफलताको उचाइमा पुगेको भए पनि आफूहरुसँग अन्याय गरिएको आरोप लगाएका छन् ।

    आइटिए एयरवेजका एयरहोस्टेसहरुले केहीलाई जागिरबाट निकालिएको र विशेषगरी सबैको पारिश्रमिक कटौती गरिएको विरोध कपडा खोलेर गरेका हुन् । लगभग ५० महिला एयरहोस्टेसहरु आफ्नो युनिफर्ममा सडकमा आए त्यसपछि उनीहरुले कपडा खोलेर आफ्नो भित्री वस्त्रमा उभिएर कम्पनीविरुद्ध विरोध प्रदर्शन गर्न थाले ।

    ट्रेड युनियनले पनि जो कर्मचारी कम्पनीमै रहेका छन् उनीहरुलाई कम पारिश्रमिक दिइएको बताएका छन् । आइटिए एयरवेजकी एक एयरहोस्टेसले सीएनएनलाई बताए अनुसार पारिश्रमिक कटौतीको साथमा उनीहरुले बढुवा पनि गुमाएका छन् । उनीहरुलाई पहिले नै बताइएको छैन कि उनीहरु कहिले र कहाँ काम गर्नेछन् ।

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १४:५०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij