Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

अफगानिस्तानमा बन्दुकधारीले चलाए गोली : दुईको मृत्यु ,१० जना घाइते

अफगानिस्तानमा बन्दुकधारीले चलाए गोली : दुईको मृत्यु ,१० जना घाइते


  • 4.7K
    Shares

    अफगानिस्तानमा बन्दुकधारीले चलाए गोली : दुईको मृत्यु ,१० जना घाइते

    अफगानिस्तानमा आफूलाई 'तालिवान भन्ने बन्दुकधारी समूह'ले विवाह कार्यक्रममा गोली चलाएको छ। पूर्वी अफगानिस्तानमा विवाहको समयमा बजाइएको गीत रोक्न उनीहरुले गोली चलाएको स्‍थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। गोली लागेर दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

    तालिवानले भने उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ। उक्त आक्रमण इस्लामिक स्टेटले गराएको हुन सक्ने बताइएको छ।

    नानगहर प्रान्तको शुरख् रोडको एक स्थानमा सामुहिक विवाह भइरहेको थियो। चार जोडीको विवाहमा गीत बजाउनका लागि स्थानीय तालिवानसँग अनुमति समेत लिइएको थियो।

    तालिवान प्रवक्ताले तीनजना बन्दुकधारीमध्ये दुईजना पक्राउ परेको बताएका छन्। उक्त आक्रमण इस्लाकिम अतिवादको उपज नभएको तालिवानको दाबी छ।

    सन् १९९६ देखि २०११ सम्म अफगानिस्तानमा तालिवान शासन हुँदा गीत संगीत प्रतिबन्धित थियो। केही महिनाअघि मात्रै फेरि सत्ता आएको तालिवानले गीत संगीतमाथि प्रतिबन्ध भने हालसम्म लगाएको छैन।

    शनिवार राति भएको घटनामा बन्दुकधारीहरुले विवाहस्थलमा भएको लाउडस्पिकरहरु फुटाउने प्रयास गरेका थिए। विवाहमा आएकाहरुले प्रतिवाद गर्न खोज्दा उनीहरुले गोली चलाएका थिए। तालिवानले भने उक्त घटनाको अनुसन्धान भइरहेको बताएको छ।

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १३:४६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij