२०८२ भाद्र २ गते सोमवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्र यादव नेतृतवको जनता समाजवादी पार्टीसँग एकता प्रस्ताव गरेका छन्।
शनिबार सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल लोकतान्त्रिक शिक्षक संगठनबीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जसपासँग एकता प्रस्ताव गरेका हुन्। उक्त कार्यक्रममा उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवको नाम लिँदै उनले एकता प्रस्ताव अघि सारेका हुन्।
‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौँ, ढुक्कै। क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?,’ उनले भने, 'अब क्षेत्रीय पार्टीले मुक्ति दिँदैन। उपेन्द्र यादवजी र महिन्द्र राय यादवजी अब पार्टी एकता गरौँ।' उनले पार्टी एकता गरेर अघि बढे देशकै बलियो शक्ति हुने र प्रदेश २ मा पनि आफूहरुको पार्टीको बर्चस्व कायम हुने तर्क गरे।
'पार्टी एकता गरेर जनकपुरमा घोषणा सभा गरौँ। अब समयले तपाईंहरुलाई पर्खिँदैन', उनले भने, 'अब झुक्किने दिन गए। एकता नगरेर भीरबाट जाने गोरुलाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिँदैन।'
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij