Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कामना सेवा र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सम्बन्धी सम्झौता

कामना सेवा र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सम्बन्धी सम्झौता


  • 7.5K
    Shares

    • images
    कामना सेवा र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सम्बन्धी सम्झौता
    images

    काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

    नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    यस सेवा मार्फत कर्पोरेट ग्राहकहरुले सरल तथा सुरक्षित तवरबाट फण्ड टान्सर्फर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसी भुक्तानी गर्न सक्ने छन् ।

    बैंकले सो सम्झौता पश्चात् यो सेवा कर्पोरेट ग्राहकका लागि छिट्टै नै सञ्चालनमा ल्याउने छ तथा यस सेवाले कोभिड– १९ को चुनौतिपूर्ण अवस्थामा डिजिटल कारोवार गर्न थप सहजता प्रदान गर्ने बैंकको विश्वास छ ।

    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - ११:२५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij