२०८२ कार्तिक १३ गते बिहिवार
ताइवानमा ६.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार गएको भूकम्पले राजधानी ताइपेइमा समेत ठूलो धक्का महसुश गरिएको बताइएको छ ।
यद्यपि घटनाकोफ क्षतिबारे पूर्ण विवरण आइसकेको छैन । ताइवानको केन्द्रीय मौसम विभागका अनुसार आइतबारको भूकम्प यस वर्ष गएका अन्य भूकम्पको तुलनामा सबैभन्दा शक्तिशाली हो ।
उत्तरपूर्वी क्षेत्र इलनलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार १ बजेर ११ मिनेटमा भूकम्प गएको हो । जुन ६७ किलोमिटरको गहिराइमा थियो । स्थानीय पत्रकारहरुका अनुसार इलन क्षेत्रमा भूकम्पको धक्का ३० सेकेन्डसम्म थियो ।
भौतिक संरचनामा केही क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन । यससँगै भूकम्पको केही बेरपछि ५.४ म्याग्निच्यूडको अर्को परकम्पसमेत गएको बताइएको छ । ताइवानमा यसअघि पनि बारम्बार भूकम्प जाने गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij