Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु


  • 7.9K
    Shares

    पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा शुक्रबार थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २३७ महिला र ३७१ जना पुरुष रहेका छन् । हालसम्म नेपालमा २ लाख ५७ हजार २०० संक्रमितको संख्या पुगेको छ । 

    त्यसैगरी २४ घण्टामा ८९२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको २ लाख ४८ हजार २९२ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ७ हजार ९२ छ । 

    २४ घण्टामा जम्मा ४ हजार १४२ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।

    कोरोना संक्रमणबाट २४ घण्टामा थप ९ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१६ जना पुगेको छ ।

    प्रकाशित मिति :पौष १० २०७७ शुक्रवार - १६:०९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij