Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जर हुने

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जर हुने


  • 9.8K
    Shares

    • images
    एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जर हुने
    images

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक अर्कामा गाभिने भएको छ ।

    कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआइसी एसिया लघुवित्त र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्तबीच गाभ्ने÷ गाभिने ९मर्जर० सम्बन्धी अन्तीम समझौतापत्रमा शुक्तबार हस्ताक्षर भएको छ । 

    गत श्रावण ३२ गते दुई संस्थाबिच गाभ्नेरगाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट पुष १० गते सैद्धान्तिक सहमति प्राप्त भएको छ । उक्त सम्झौतामा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष  लालमणी जोेशीले हस्ताक्षर गरेका छन । 

    एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको लघुवित्तले जनाएको छ  ।  त्यस्तै,  स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । 

    प्रकाशित मिति :पौष १० २०७७ शुक्रवार - १६:०३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij