२०८२ माघ १० गते शनिवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा औपचारिक रुपमा हस्ताक्षर बुझाएको छ।
दलको आधिकारिकताका लागि अध्यक्ष प्रचण्ड, नवनियुक्त अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूह लिएर कान्तिपथस्थित आयोगको कार्यालय पुगेर आधिकारिक हस्ताक्षर बुझाएको हो।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय कमिटीका २९५ जनाको हस्ताक्षर आज आयोगलाई बुझाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij