२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १ सय बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
यसैबीच बिहीवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij