Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सिमकार्ड लिँदा कागजपत्र नचाहिने व्यवस्था चाँडै, कस्तो छ प्राधिकरणको तयारी

सिमकार्ड लिँदा कागजपत्र नचाहिने व्यवस्था चाँडै, कस्तो छ प्राधिकरणको तयारी


  • 6.1K
    Shares

    सिमकार्ड लिँदा कागजपत्र नचाहिने व्यवस्था चाँडै, कस्तो छ प्राधिकरणको  तयारी

    काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्ड लिँदा सरकारी परिचय पत्र बुझाउनै नपर्ने गरी नो योर कस्टमर (केवाईसी प्रणाली) लागू गर्ने भएको छ । राष्ट्रिय परिचय पत्रसँग लिंक हुने यो प्रणाली कार्यान्वयनपछि आफ्नो राष्ट्रिय पत्र नम्बर भनेकै आधारमा ग्राहकले दूरसञ्चार कम्पनीको सिमकार्ड किन्न सक्छन् ।

    यस्तो प्रणाली लागू गर्न प्राधिकरणले आफ्नो चालू आर्थिक वर्षको कार्यक्रममा ४० करोड रुपैयाँ विनियोजन गरेको प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । उनका अनुसार अबको दुई महिनाभित्रै यस्तो प्रणाली खरिदको प्रक्रिया सुरु हुनेछ ।

    ‘सिमकार्ड लिन जाँदा सेवाग्राहीले नागरिकतालगायत अन्य कागजपत्र बोकेर जानुपर्ने दिनको अन्त्य गर्नुपर्ने बाध्यता छ,’ अध्यक्ष खनालले भने, ‘त्यसका लागि डिजिटल प्रणाली बनाउन हामीले अध्ययन गरिसकेका छौँ । अबको दुई महिनाभित्र परामर्शदाता छनोट गरी प्रक्रिया अघि बढ्नेछ ।’

    यसका लागि गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय पञ्जीकरण विभागले समेत प्राधिकरणलाई पत्र पठाएर दूरसञ्चार क्षेत्रमा डिजिटल केवाईसी जतिसक्दो चाँडो कार्यान्वयनमा ल्याउन आग्रह गरेको खनालले बताए । पञ्जीकरण विभागले अहिले राष्ट्रिय परिचय पत्र वितरण गरिरहेको छ ।

    यो प्रणाली कार्यान्वयनमा आए जुनसुकै सेवा प्रदायकबाट सिम लिएका ग्राहकको विवरण एउटै प्रणालीमा उपलब्ध हुनेछ । यो प्रणालीबाटै राष्ट्रिय परिचय पत्रका लागि पनि विवरण उपलब्ध गराउन सहज हुने खनालले बताए ।

    उनका अनुसार यो प्रणाली लागू भएपछि राष्ट्रिय परिचयपत्र नम्बर भनेकै भरमा सिमकार्ड लिन सकिने छ । साथै, यो प्रणाली कार्यान्वयनमा आएपछि कुन ग्राहकले हालसम्म कुन सेवाप्रदायकको कति वटा सिमकार्ड लिएका छन् भन्ने विवरण पनि थाहा पाउन सकिन्छ ।

    दूरसञ्चार प्राधिकरणले हाल एउटा सेवाप्रदायकबाट एउटा व्यक्तिले दुईभन्दा बढी सिम लिन नपाइने व्यवस्था लागू गरेको छ । डिजिटल केवाईसी प्रणाली नभएकाले यो प्रावधानको प्रभावकारी कार्यान्वयन भएको छैन ।

    प्रकाशित मिति :आश्विन ११ २०७८ सोमवार - १२:२६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij