Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

केपी ओलीले दायर गरेको रिट

एमालेले गरेका यी दुई तर्कले माधव नेपाल सहितका सांसदको पद रहने कि नरहने यसरी लाग्दैछ टुंगो

एमालेले गरेका यी दुई तर्कले माधव नेपाल सहितका सांसदको पद रहने कि नरहने यसरी लाग्दैछ टुंगो


  • 4.7K
    Shares

    एमालेले गरेका यी दुई तर्कले माधव नेपाल सहितका सांसदको पद रहने कि नरहने यसरी लाग्दैछ टुंगो

    माधव नेपालसहित १४ सांसद र लुम्बिनीका दुई प्रदेश सांसदविरुद्ध एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुँदैछ ।

    सोमबार बहस गर्दागर्दै समय सकिएपछि आजका लागि सुनुवाइ सारिएको थियो । न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा आज मुद्दाका विपक्षीहरूले बहस गर्दैछन् ।

    एमालेले निर्वाचन आयोग, सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीलाई विपक्षी बनाएर रिट दायर गरेको छ ।

    रिटमा १ भदौमा माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको जानकारी संसद सचिवालयमा पत्र पठाएर गराए पनि सभामुखले रोकेर उन्मुक्ति दिएकाले उक्त निर्णय बदर गरी पदमुक्तको सूचना टाँस गर्न अन्तरिम आदेश माग गरिएको छ ।

    त्यसैगरी कारबाही गरिसकेका १४ सांसदको सनाखत गरेर निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्नु त्रुटिपूर्ण भएकाले बदर गर्न माग गरिएको छ ।

    अर्को रिटमा लुम्बिनी प्रदेशका दुई सांसद अजय शाही र विमला खत्री वलीलाई पार्टीले कारबाही गरेर सूचना टाँसका लागि प्रदेशसभा सचिवालयमा जानकारी गराउँदा पनि सभामुखले कारबाही नगरेको भन्दै उक्त निर्णय बदर गरी सूचना टाँस्न अन्तरिम आदेश माग गरिएको छ ।

    एमालेको दुई तर्क

    एमाले अध्यक्ष ओलीले दायर गरेका रिटमाथि सुनुवाइ हुँदै गर्दा सोमबार निवेदक पक्षले बहस गर्याे । बहसमा मुख्यतः निवेदक पक्ष कानुन व्यवसायीले दुइटा तर्क गरे ।

    पहिलोः सभामुखले रोक्न मिल्छ कि मिल्दैन ?

    यसमा निवेदक पक्षले मिल्दैन भनेर बहस गर्याे । पहिलो त सभामुखलाई पार्टीले गरेको कारबाही रोक्ने अधिकार छैन । राजनीतिक दलसम्बन्धी ऐनमै कारबाही रोक्ने अधिकार नभएको जिकिर निवेदक पक्षले गर्याे ।

    मिल्दैन । पहिलेको दल त्याग ऐनमा मिल्थ्यो । पहिले व्यवस्था थियो । पहिलाको ऐनको व्यवस्थाले अफ्ठेरो बनायो, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले रोकिदिनुभयो भनेर त्यो व्यवस्था झिकेर फालियो । अहिले ऐनबाट त्यो मिल्ने व्यवस्था हटाइएको छ । नेम्वाङले रोक्यो भनेर ऐन परिवर्तन गर्ने अनि अहिले त्यस्तै गर्ने ? त्यसकारण सभामुखलाई सूचना टाँस्नेबाहेक कुनै अधिकार छैन,’ ओलीको तर्फबाट बहस गरेका पूर्वन्यायाधिवक्ता रमेश बडालले भने ।

    दोस्रोः एउटा त दलबदल गर्न पाउने कि नपाउने ?

    ह्विप उल्लंघनमा कारबाही गर्नुपर्छ भनेर उहाँ (अदालत)ले अस्ति गण्डकीमा जनमोर्चाको सांसदलाई हटाएको होइन ? यही अदालतले हटाएको होइन ? कर्णालीमा प्रकाश ज्वालाहरूलाई हटाइदिएर कांग्रेस–माओवादीको सरकार बनाइदिएको होइन ? यो हो भने ह्विप उल्लंघन गर्न नमिल्ने रहेछ । एमालेको ह्विप उल्लंघन गरेको छ । पार्टीले कारबाही गरेको छ । त्यसकारण लुम्बिनी प्रदेशका सांसदहरूलाई कारबाही हुनुपर्छ भन्ने तर्क एमालेको रह्यो ।

    आज निर्वाचन आयोग, सभामुख सापकोटा र लुम्बिनी प्रदेश सभामुख घर्तीका तर्फबाट कानुन व्यवसायीहरूले प्रतिरक्षा बहस गर्दैछन् । प्रतिरक्षा बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि अन्तरिम आदेश दिने/नदिने निर्णय इजलासले सुनाउनेछ ।

    प्रकाशित मिति :आश्विन ५ २०७८ मंगलवार - ११:५२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij