Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

१७ हजार ४७ शिक्षकको बिज्ञापन गर्ने लाग्यो टुंगो, आयोगका अध्यक्षले दिए यस्ता अरू जानकारी

१७ हजार ४७ शिक्षकको बिज्ञापन गर्ने लाग्यो टुंगो, आयोगका अध्यक्षले दिए यस्ता अरू जानकारी


  • 35.3K
    Shares

    १७ हजार ४७ शिक्षकको बिज्ञापन गर्ने लाग्यो टुंगो, आयोगका अध्यक्षले दिए यस्ता अरू जानकारी
    images

    १७ हजारभन्दा बढी शिक्षक पदका लागि शिक्षक सेवा आयोगले आवेदन माग गर्ने भएको छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत साता रिक्त शिक्षक दरबन्दीको फेहरिस्त शिक्षक सेवा आयोगलाई पठाएको छ । आयोगले शिक्षक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि केन्द्रसँग सो सङ्ख्या माग गरेको थियो ।

    केन्द्रका अनुसार १७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाइएको छ । केन्द्र सूत्रका अनुसार प्राथमिक तहमा १२ हजार ९१२ पद, निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद र माध्यमिक तहमा एक हजार ५४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि आयोगलाई पत्राचार गरिएको छ ।

    यसैगरी केन्द्रले शिक्षक बढुवाका लागि पनि विवरण आयोगमा पठाएको छ । केन्द्रका अनुसार प्राथमिक तह पहिलो श्रेणीका लागि ४५२ पद र प्राथमिक तह द्वितीय श्रेणीका लागि एक हजार ६९३ पदमा बढुवा गरिनेछ । 

    त्यस्तै निम्न माध्यमिक तह पहिलो श्रेणीमा ७८ र निम्न माध्यमिक तह द्वितीय श्रेणीमा ४७८ जनाको तथा माध्यमिक तह पहिलो श्रेणीमा १२४ र माध्यमिक तह द्वितीय श्रेणीमा ४८४ जना शिक्षकको बढुवा गरिनेछ ।

    यसैबीच शिक्षक सेवा आयोगका अध्यक्ष मधु रेग्मीले सञ्चारमाध्यमका आएका समाचारहरु गलत भएको दावी गरेका छन् । प्रधानमन्त्रीबाट आयोगलाई दवाव आएको लगायतका आयोगसँग सम्बन्धित समाचारहरु गलत रहेको उनले दावी गरे ।

    पछिल्लो समयमा स्थायी अध्यापन अनुमतिपत्रको परीक्षा लिएर त्यसको नतिजा सार्वजनिक भएपछिमात्र स्थायी पदपूर्ति गर्नुपर्ने भन्ने विद्यार्थीहरुको भनाइ रहँदै आएको छ भने विगतमा स्थायी अध्यापन अनुमति लिएर खुला प्रतिस्पर्धाको प्रतीक्षामा लामो समयदेखि रहँदै आएकाहरुले पहिले स्थायी पदपूर्तिका लागि आवेदन माग गर्नुपर्ने माग राख्दै आएका छन् । 

    आयोगका अध्यक्ष रेग्मीले पहिले शिक्षक पदका लागि खुला पदपूर्ति गर्ने वा स्थायी अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन गर्ने भन्नेमा आयोग कुनै निर्णयमा नपुगेको बताउँदै भने, “यस बारेमा छलफल भइरहेको छ । कुनै निर्णय भएको छैन । निर्णय भएपछि जानकारी गराउने छौँ ।” उनले आवेदन आह्वान दशैँ अगावै गर्ने भन्नेमा अहिले नै बताउन नसकिने स्पष्ट पारे । 

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - १३:०३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij