Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दाहाल-नेपाल समूहको महासचिवमा पाण्डे

दाहाल-नेपाल समूहको महासचिवमा पाण्डे


  • 8.1K
    Shares

    दाहाल-नेपाल समूहको महासचिवमा पाण्डे

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन हुने भएका छन् ।

    केन्द्रीय समिति बैठकअघि बसेको शीर्ष नेताहरुले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेका हुन् । शीर्ष नेताको यो निर्णयलाई आजै बबरमहलमा बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने नेकपा स्रोतले जनाएको छ ।

    महासचिवका लागि नेपालबाट भीम रावल, दाहालका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा तथा झलनाथ खनालका तर्फबाट सुरेन्द्र पाण्डेको नाम चर्चामा थियो । दाहाल र नेपाल अध्यक्ष नै भएकाले महासचिवमा खनालले अघि सारेका पाण्डेले बाजी मारेका हुन् । पाण्डेले तत्कालीन एमालेमा पनि महासचिवमा प्रतिस्पर्धा गरेका थिए ।

     

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - ११:२५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij