Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अन्तत: ओलीलाई मिल्यो बादलको साथ

अन्तत: ओलीलाई मिल्यो बादलको साथ


  • 9.8K
    Shares

    अन्तत: ओलीलाई मिल्यो बादलको साथ

    काठमाडौं । नेकपा विभाजनमा गृहमन्त्री रामबहादुर थापा 'बादल' अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन् । प्रतिनिधि सभा विघटनको चार दिनसम्म अनिर्णित रहेका बादलले लामो छलफलपछि ओलीलाई रोजेका हुन्। 

    बुधबार गृहमन्त्री बादलले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए । उक्त छलफलमा गृहमन्त्री बादलले ओलीलाई साथ दिने वचन दिएको बालुवाटार निकट स्रोतले जनाएको छ ।

    ‘उहाँ (बादल) पार्टी विभाजनको पक्षमा हुनुहुन्न थियो, सकेसम्म पार्टी एकतालाई जोखाउन सकियोस भनेर उहाँले तटस्थ भूमिका निर्वाह पनि गर्नु भएको हो,’ गृहमन्त्री निकट स्रोतले भन्यो, ‘तर परिस्थति अब एउटा पक्षमा लाग्नै पर्ने भएकाले उहाँले प्रधानमन्त्रीलाई नै साथ दिने सोच बनाउनु भएको हो ।’

    औपचारिक रुपमा पार्टी विभाजन हुँदा उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री थापा कुनै पनि पक्षमा लागेका थिएनन्। गौतम अहिले पनि कुनै पक्षमा खुलेका छैनन् । 

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - ११:१८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij