Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एमसीसी देशकाे आन्तरिक मामिलामा खलल नपुर्याइ देश विकासमा मात्रै सिमित हुनुपर्छ : अध्यक्ष नेपाल

एमसीसी देशकाे आन्तरिक मामिलामा खलल नपुर्याइ देश विकासमा मात्रै सिमित हुनुपर्छ : अध्यक्ष नेपाल


  • 4.2K
    Shares

    एमसीसी देशकाे आन्तरिक मामिलामा खलल नपुर्याइ देश विकासमा मात्रै सिमित हुनुपर्छ : अध्यक्ष नेपाल

    काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा आफूहरुको चासो रहेको बताउनुभएको छ । 

    एमसीसीले देशकाे आन्तरिक मामिलामा खलल नपुर्याइ देश विकासमा मात्रै सिमित हुनुपर्ने उहाँकाे भनाइ छ । युवा सङ्घ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रमलाई शनिबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी परिमार्जन सहित अनुमोदन हुनुपर्ने बताउनुभयो ।

    यस्तै कार्यक्रममा बाेल्दै उहाँले पार्टी एकताका नाममा गरिएको १० बुँदे सहमतिलाई जालझेलको संज्ञा दिनुभयो । सर्वोच्च अदालतको जेठ २८ को फैसला अनुसार कारबाहीको औचित्य सकिएको भन्दै उहाँले संसदमा नाटक प्रदर्शन भइरहेको टिप्पणी गर्नुभयो । न्यायालयदेखि संवैधानिक निकाय र नेतृत्वमाथि मानमर्दन हुँदा नेपाली राजनीतिमा गलत संस्कारको विकास भएकाे पनि उहाँले बताउनुभयाे ।

    प्रकाशित मिति :भाद्र २६ २०७८ शनिवार - १५:५९:१३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij