Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

जन्मदिनमा सुप्रियासँग सुदर्शनले गरे इन्गेजमेन्ट, बिवाह भने असोज २२ गते

जन्मदिनमा सुप्रियासँग सुदर्शनले गरे इन्गेजमेन्ट, बिवाह भने असोज २२ गते


  • 6.1K
    Shares

    जन्मदिनमा सुप्रियासँग सुदर्शनले गरे इन्गेजमेन्ट, बिवाह भने असोज २२ गते
    images

    नेपाली चलचित्र क्षेत्रमा निर्देशक सुदर्शन थापा लभ स्टोरी चलचित्र निर्देशनमा माहिर मानिन्छन् । ‘मेरो एउटा साथी छ’देखि सुरु भएको सुदर्शनको चलचित्र निर्देशन यात्रा ‘म यस्तो गीत गाउँछु २’ सम्म आइपुग्दा झनै उचाइमा पुगेको छ ।

    चलचित्र ‘मेरो लभ स्टोरी, मधुमास, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका लभ स्टोरी चलचित्र निर्देशन गरेका सुदर्शनले पर्दामा थुप्रै जोडीको प्रेम र विछोडको कथा देखाएका छन् । उनै, सुदर्शनले आज परेको आफ्नोे जन्मदिनको अवसरमा जीवनको नयाँ यात्रा सुरु गरेका छन् ।

    सुदर्शनले आज मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन् । सुदर्शन र सुप्रिया विगत ६ महिनादेखि प्रेम सम्बन्धमा थिए । सुदर्शन र सुप्रियाले काठमाडौंको एक होटलमा नजिकका आफन्तको उपस्थितीमा इन्गेजमेन्ट गरेका हुन् । सुदर्शन र सुप्रियाको बिहे भने असोजको २२ गते हुनेछ ।

    सुप्रिया केही बर्ष अगाडिसम्म म्यूजिक भिडियो अभिनयमा व्यस्त थिइन् । उनले दर्जनौ म्युजिक भिडियो र केही सिरियलमा पनि अभिनय गरेकी छिन् । सुप्रियाले ‘रातो टिका, नयनको बाटो, के यो माया हो, कर्मै खोटी, ब्यूटी नम्बर १, मरुभुमी, जब जब’ लगायतका गीतका भिडियोमा अभिनय गरेकी छिन् ।

    सुदर्शन र सुप्रिया केही महिनादेखि डेटमा रमाइरहेपनि उनीहरुले सम्बन्धलाई भने गोप्य राखेका थिए । सुप्रिया र सुदर्शनको इन्गेजमेन्टमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटी पनि उपस्थित थिए ।

     

    प्रकाशित मिति :भाद्र २१ २०७८ सोमवार - १४:१७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij