Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पिलो निचोरेर फाल्दैमा तौल घट्दैन : प्रधानमन्त्री ओली

पिलो निचोरेर फाल्दैमा तौल घट्दैन : प्रधानमन्त्री ओली


  • 13.0K
    Shares

    पिलो निचोरेर फाल्दैमा तौल घट्दैन : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रसंगमा रमाइलो उखान टुक्का त कहिले गीतको केही टुक्रा प्रयोग गर्ने गर्दछन् । कुनै प्रसंगलाई पष्ट्याउन होस् वा आफ्नो विरोधीलाई उखान टुक्का वा कुनै गीतको टुक्रबाट प्रहार गर्ने गर्दछन् ।

    नेकपा विवाद उत्कर्षमा पुगेका बेला मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओली पक्षीय केन्द्रीय कमिटी बैठकमा उनले पार्टीभित्रको विवादबारे पनि जनवादी गायक जीवन शर्माको गीतबाट प्रष्टयाए ।

    उनले आफ्नो विपक्षमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई ‘पिलो’को संज्ञा दिए ।

    आफ्नो पक्षका केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दा उनले जनवादी गायक शर्माको गीत ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन...’ बोलको गीत गुनगुनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - १२:३४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij