Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

सवारी चालक अनुमति पत्रको ट्रायल भदौ २० गतेबाट सुरु, देशभरका कार्यालयलाई विभागको पत्र

सवारी चालक अनुमति पत्रको ट्रायल भदौ २० गतेबाट सुरु, देशभरका कार्यालयलाई विभागको पत्र


  • 7.6K
    Shares

    सवारी चालक अनुमति पत्रको ट्रायल  भदौ २० गतेबाट सुरु, देशभरका कार्यालयलाई विभागको पत्र

    सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ । विश्व व्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण रोकिएको लाइसेन्सको ट्रायल यही महिनाबाट सुरु हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

    विभागले भदौ २० गतेदेखि लाइसेन्सको ट्रायल सुरु गर्न देशैभरीको यातायात कार्यालयमा पत्राचार गरिसकेको छ । विभागले लाइसेन्सको आवेदन दिएका आवेदकको ट्रायल लिखित र ट्रायल परीक्षा सकेपछि मात्रै नयाँ आवेदन खुलाउने बताएको छ ।

    लाइसेन्सको लागि आवेदन दिनेहरूको सङ्ख्या देशभरबाट ६ लाख पुगेको छ । यी आवेदकको परीक्षा नसकी नयाँ आवेदन नखुलाउने विभागको तयारी छ । लिखित र ट्रायल परीक्षाका लागि आवेदकले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गर्ने विभागले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०७८ शनिवार - १३:१९:३२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij