२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय समितिको बैठक वालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक सुरु भएको हो।
बैठकमा अध्यक्ष ओलीले संसद विघटनको ओचित्य र भावी रणनीतिबारे प्रष्ट्याउने बताइएको छ । प्रचण्ड-माधव समूहले दिउँसो आफ्ना पक्षका नेताहरूलाई डाकेर केन्द्रीय कमिटी बैठक बोलाएपछि ओलीले त्यसअघि नै बैठक राखेका हुन् ।
बिहान ९ बजेका लागि भनिएको बैठक झन्डै २ घण्टा ढिलो गरी सुरु भएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij