Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

विश्व बैंकसँग सरकारको आर्थिक सहयोग सम्झौता

विश्व बैंकसँग सरकारको आर्थिक सहयोग सम्झौता


  • 7.4K
    Shares

    • images
    विश्व बैंकसँग सरकारको आर्थिक सहयोग सम्झौता
    images

    काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमबीच करिब नौ अर्ब ५० करोड रुपैयाँ (८ करोड अमेरिकी डलर) बराबरको आयोजनामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् । 

    सम्झौतापछि ग्रामिण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारीपछिको आर्थिक पुनर्उत्थानलाई अभिवृद्धि गर्ने विश्वास गरिएको छ । कार्यक्रममा अर्थ मन्त्रालयका सचिव ढुंगानाले आयोजना कार्यान्वयनमा गएपछि नेपालको कृषि र बजारको सम्बन्धलाई स्थापित गर्ने र कृषि-व्यवसायमा बढ्ने प्रतिस्पर्धाले कोभिड महामारीपछिको आर्थिक पुनर्उत्थानलाई सघाउने बताए ।

    आयोजनाले ग्रामीण उत्पादक समूहहरु र बजारबीच उत्पादनशील साझेदारीको सहजीकरण गर्दै मूल्य अभिवृद्धि तथा रोजगारी अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

    यस्तै उच्च मूल्यका आन्तरिक र अन्तर्राष्ट्रिय बजार मूल्य शृंखलाको विकास गर्दै बजार शृंखलामा दीर्घकालीन समावेशीकरणलाई बढाउने विश्वास पनि गरिएको छ । यो आयोजना प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्य आर्थिक कोरिडोरमा कार्यान्वयन हुनेछ । 

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - १४:५४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij