Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

निशा घिमिरेको स्वास्थ्य अवस्था उस्तै, नर्भिकले भन्यो– पूर्ण रूपमा सामान्य हुन सम्भव छैन

निशा घिमिरेको स्वास्थ्य अवस्था उस्तै, नर्भिकले भन्यो– पूर्ण रूपमा सामान्य हुन सम्भव छैन


  • 8.8K
    Shares

    निशा घिमिरेको स्वास्थ्य अवस्था उस्तै, नर्भिकले भन्यो– पूर्ण रूपमा सामान्य हुन सम्भव छैन
    images

    काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत नायिका तथा मोडल निशा घिमिरेको अवस्थाबारे आज(मंगलबार) पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । भारतमा सडक दुर्घटनामा परी गम्भिर घाइते भएकी घिमेरको अवस्थामा खासै सुधार नआएको समेत अस्पतालले जानकारी गराएको छ ।

    उनको करिब तीन महिना निर्भिक अस्पतालमा उपचार गर्दा समेत स्वास्थ्यमा अपेक्षित सुधार हुनसकेको छैन । अस्पतालका अनुसार दुर्घटनापछि घिमिरेको ब्रेनमा ड्यामेज भएको र लामो समय उपचारविहिन अवस्थामा राखिएकाले अहिले कोसिसका बाबजुद उनको अवस्थामा सुधार हुन नसकेको हो ।

    उनको उपचारमा नर्भिकले सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकेको अस्पतालले जनाएको छ । निशाको उपचारको नेतृत्व गरेका डा.पंकज जलानले सबै विकल्पमा गएर उपचार गरिएको तर सुधार नआएको बताए । उनका अनुसार निशाको दुर्घटनामा ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्णरुपमा सामान्य हुने अवस्था छैन ।

    केही म्युजिक भिडिओ र केही फिल्ममा समेत अभिनय गरेकी घिमिरेको उद्दार गरि अस्पतालले निःशुल्क उपचार गर्दै आएको छ । कलाकार घिमिरेको नर्भिकका प्रबन्ध संचालन मेघा चौधरीले गत जेठ २७ गते केही समाजसेवीको सहयोगमा उद्धार गरिएको थियो । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ र उनलाई राम्रो रिहाब सेन्टरको आवश्यकता रहको अस्पतालले जनाएको छ ।

    हालसम्म निशाको उपचारमा ५० लाखभन्दा बढी रकम खर्च भएको र उपचारका लागि कसैबाट पनि सहयोग नलिएको नर्भिक अस्पतालले जनाएको छ । घिमिरेको उपचारका लागि सहयोग रकम संकलन गरिएको भन्ने बारे अस्पताल अनभिज्ञ रहेको समेत बताइएको छ ।

    त्यस्तै, पत्रकार सम्मेलनमा निशाका बुवा प्रेम घिमिरेले छोरीलाई लिएर टीकटक लगायतका सामाजिक संजालमा भ्रामक भिडिओ पोस्ट भएको भन्दै कार्वाहीको माग गरेका छन् ।

    प्रकाशित मिति :भाद्र १५ २०७८ मंगलवार - १४:३३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij