Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ताको प्रकृयामा

प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ताको प्रकृयामा


  • 8.8K
    Shares

    प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ताको प्रकृयामा

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कानुनीविज्ञहरुले उक्त कदम विरुद्ध रिट दायरको तयारी गरेका छन् ।

    प्रधानमन्त्री र राष्ट्रपतिको कदम गैर संवैधानिक रहेको भन्दै त्यसका विरुद्ध हिजै रिट दायर गर्ने तयारी भएको भए पनि समय अभावका कारण आज सरेको हो ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, अधिवक्ता लोकेन्द्र केसी, केशरजंग केसी लगायतले रिट दायर गर्दैछन् ।

    प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधानको मर्म विपरीत कदम चालेपछि दलका नेता, कानुनी मर्मज्ञहरुसँग न्यायिक ढोका ढक्ढक्याउनुको विकल्प छैन । त्यसैले नै कानुनविद्हरु ओली–भण्डारीका कदमविरुद्ध रिट लिएर अदालत पुगेका हुन् ।

    ‘तीन वटा रिटमा निवेदन आएका छन् । प्राविधिक तयारी पुगेर आएका रहेछन् भने आज दर्ता हुन्छन्,’ सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडलेले बताए ।

    हिजै रिट निवेदन बुझाइसकेको अधिवक्ता लोकेन्द्र ओली दर्ताका लागि सर्वोच्च परिसरमै छन् । उनका अनुसार अहिले निवेदनका संख्या ५ पुगिसकेको छ । ‘साथीहरुले अरु पनि रिट आउँदैछन् एकछिन पर्खेर सबै एकै पटक दर्ता गरौँ भनिरहनु भएको छ । त्यसैले हामी पर्खिरहेका छौँ,’ ओलीले भने ।’

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - ११:१२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij