Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

रहेनन् गायक जेबी टुहुरे

रहेनन् गायक जेबी टुहुरे


  • 7.3K
    Shares

    रहेनन्  गायक जेबी टुहुरे
    images

    काठमाडौं । जनगायक जेबी टुहुेर (जुठबहादुर खड्की)को निधन भएको छ । उपचारका क्रममा ७८ वर्षीय टुहुेरेको बयोधा अस्पतालमा आज निधन भएको हो । 

    संविधानसभा सदस्यसमे रहेका टुहुरे मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापबाट उनी लामो समयदेखि पीडित थिए । 

    जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । 

    उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् । उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ।।’ बोलको गीत सर्वाधिक लोकप्रिय छ ।

     

    प्रकाशित मिति :भाद्र १० २०७८ बिहिवार - १३:२५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij