Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

अनलाइन कक्षा सकिएपछि क्यामेरा बन्द ठानेका शिक्षकले श्रीमतीसँगको सबै हर्कत बाहिरियो, आखिर के थियो त्यो भिडियोमा

अनलाइन कक्षा सकिएपछि क्यामेरा बन्द ठानेका शिक्षकले श्रीमतीसँगको सबै हर्कत बाहिरियो, आखिर के थियो त्यो भिडियोमा


  • 46.7K
    Shares

    अनलाइन कक्षा सकिएपछि क्यामेरा बन्द ठानेका शिक्षकले श्रीमतीसँगको सबै हर्कत बाहिरियो, आखिर के थियो त्यो भिडियोमा
    images

    अनलाइन पठनपाठनको समयमा श्रीमतीसँग हेर्न नसक्ने अवस्थामा फेला परेका शिक्षकले माफी मागेका छन् ।

    कोलम्बियाका एक क्याथोलिक स्कूलका शिक्षकले उनको श्रीमतीको हेर्न नसक्ने भागहरु सुम्सुम्याइरहेको भिडियो भाइरल भएको थियो ।

    विद्यार्थीहरूको कक्षाको बेला जूम कल बन्द गर्न बिर्सिएपछि उनको सबै हर्कत रेकर्ड भएको छ । रुबेन डारियो पारस नामका शिक्षकले महसुस गरेनन् कि उनको भिडियो लाइभ गइरहेको छ ।

    उनले आफ्नी श्रीमतीको ब्लाउज माथि उठाएको दृश्यसम्म रेकर्ड भएको छ । गल्तीवश १६–१७ बर्ष उमेर समुहका विद्यार्थीहरूको कक्षामा त्यस्तो काम गर्ने शिक्षक माफी माग्न बाध्य भएका हुन् ।

    कोलम्बियाको पामिरामा रहेको एडुकसिएन एडुकवाटिवा सान भिसेन्टे डे पल क्याथोलिक स्कूलमा यो सब घटना घटेको हो ।भिडियोमा विद्यार्थीहरु शिक्षकको हर्कत देखेर हैरान छन् । माफी मागेका शिक्षकले केहि हर्कतहरु रेकर्ड भएको स्विकार गरेका छन् ।

    उनी भन्छन्, ‘जब मेरी श्रीमती मलाई स्वागत गर्न आईन्, वेबमा भाइरल भएको छ ।’ उनले थप्दै भनेका छन्, ‘पक्कै पनि यो मेरो गल्ती थियो,

    किनकि मैले कक्षाको अन्त्यमा क्यामेरा अझै स्विच अन भइसकेको महसुस गरिन् । त्यो एकिन गर्नुपर्ने थियो । कुनै पनि समयमा मैले जानाजानी यो गरिन । यो दुर्घटना थियो ।

    मबाट गल्ती भएकोमा माफी चाहन्छु ।’ प्रधानाध्यापक प्याट्रसिया दुरान सेस्पीडिसले घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिइन् ।

    उनले भनिन्, ‘यो गम्भीर कुरा हो जसमा कक्षाका प्रभारी शिक्षकले अनुपयुक्त कार्य गरे जुन केही विद्यार्थीहरूले रेकर्ड गरेका थिए । र पछि सामाजिक मिडियामा भाइरल भयो ।’

    उनको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनेक प्रतिकृयाहरु पनि आएका छन् ।

     

    प्रकाशित मिति :भाद्र ९ २०७८ बुधवार - १४:५०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij