२०८२ कार्तिक १३ गते बिहिवार
 
                                                    काठमाडौँ। विश्व बैंकले अफगानिस्तानमा विभिन्न अन्तराष्ट्रिय परियोजनाहरुको लागी अनुदान रोकेको छ। तालिवानले अफगानिस्तानलाई आफ्नो नियन्त्रण लिएपछि विश्व बैंकले यो महत्वपूर्ण निर्णय लिएको हो।
यसैगरी, तालिबानको नियन्त्रणमा आएपछि अफगानिस्तानको विकास परियोजनाहरुमा र विशेष गरी महिलाहरुमा नराम्रो असर पर्ने अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएको छ। यसअघि, आईएमएफले पनि आफ्नो सहयोग तथा भुक्तानी रोकेको थियो ।
यसैगरी, अमेरिकी राष्ट्रपति बाइडेन प्रशासनले पनि अफगानिस्तान केन्द्रीय बैंकको सम्पत्ति पनि जफत गरेको छ। विश्व बैंकका प्रवक्ताले अफगानिस्तानमा संचालन भइरहेका सम्पूर्ण कार्यक्रमका भुक्तानीहरु रोकिएको बताएका छन्।
त्यसैगरी, उनले अफगानिस्तानको वर्तमान स्थितिको निगरानी गरी रहेको र त्यसैगरी आफ्नो आन्तरिक नीति र प्रक्रियालाई अघि बढाइ रहेको बीबीसीले जनाएको छ।
यसैगरी, विश्व बैंकले विकास तथा अर्थनीतिमा सहयोग गर्ने आफ्ना अन्तराष्ट्रिय साझेदारसँग हातेमालो गर्दै, अफ्गानी नागरिकहरुलाई सहयोग गर्न सम्पूर्ण साझेदार राष्ट्रहरुसँग सहयोग र एक उत्तम विकल्पको खोजि तथा विश्व समुदायसँग अपिल गर्ने बताएको छ।
शुक्रबार विश्व बैंकले काबुलबाट आफ्ना कर्मचारीहरुलाई सुरक्षित रुपमा पाकिस्तान पठाइएको जनाएको छ। त्यसैगरी, विश्व बैंकले लिएको यस्तो निर्णय अफगानिस्तानको नयाँ सरकारलाई कडा झट्का भएको संचार माध्यमहरुले जनाएको छ। गत हप्ता मात्र आईएमएफले अफगानिस्तानमा ऋण दिन बन्द गर्ने घोषणा गरेको थियो।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij