२०८२ भाद्र १८ गते बुधवार
अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन भएको छ । रोक्काको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा निधन भएको उनका भाइ नवराज रोक्काले जानकारी दिए।
एक साताअघि उनको रिपोट नेगेटिभ आएको थियो। रिपोट नेगेटिभ आए पनि स्वास्थ्यमा समस्या देखिएको कारण उनको आइसियूमै उपचार भइरहेको थियो।
चन्दागिरि-१ दहचोकका ५९ वर्षीय रोक्काका दुई छोरा र श्रीमती छन्। घर, संघर्ष लगायत थुप्रै सिरियल अभिनय गरेका रोक्काले ‘पिरती आफैं हुँदो रहेछ’, ‘प्रेम युद्ध’ लगायत केही फिल्ममा नायकको रूपमा समेत अभिनय गरेका थिए। उनले ‘प्रेम युद्ध’ निर्माण गरेका हुन्। उनी काठमाडौ चन्दागिरी १ का स्थायी बासिन्दा हुन् । उनका दुई छोरा र एक श्रीमती छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij