Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

अफगानिस्तानमा अलपत्र नेपाली : फर्किए ५०४ नेपाली, ३५६ जना उद्धारको पर्खाइमा

अफगानिस्तानमा अलपत्र नेपाली : फर्किए ५०४ नेपाली, ३५६ जना उद्धारको पर्खाइमा


  • 7.2K
    Shares

    अफगानिस्तानमा अलपत्र नेपाली : फर्किए ५०४ नेपाली, ३५६ जना उद्धारको पर्खाइमा
    images

    द्वन्द्वग्रस्त अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुलाई बिभिन्न मित्रराष्ट्रहरूको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो । 

    ‘अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । हालसम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ,’ परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत भनेको छ । 

    अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनको लागि समन्वय र सहजीकरण भइरहेको परराष्ट्रले जनाएको छ । 

    परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागको वेब पोर्टलमा आइतबार साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले उद्धारको लागि आफ्नो नाम दर्ता गरेका छन् । 

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - ११:३२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij