२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" ओलीलाई भेट नगरी फर्किएका छन् ।
प्रचण्ड बालुवाटार पुगे पनि नेकपाका अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले भेट्न मानेनन् । उनी क्याविनेटबाट संसद विघटन गराउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेर शीतल निवास पुगेका छन् ।
प्रचण्डलाई भेट नदिएपछि उनी फर्किए । केही समयमा नै प्रचण्डले वक्तव्य निकाल्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij