Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

संसद विघटन लोकतन्त्रको हितमा छैन, सबैतिरबाट प्रतिवाद गरौँ : डा. बाबुराम भट्टराई 

संसद विघटन लोकतन्त्रको हितमा छैन, सबैतिरबाट प्रतिवाद गरौँ : डा. बाबुराम भट्टराई 


  • 11.5K
    Shares

    संसद विघटन लोकतन्त्रको हितमा छैन, सबैतिरबाट प्रतिवाद गरौँ : डा.  बाबुराम  भट्टराई 
    images

    जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेर गैरजिम्मेवारीपूर्ण हर्कत गरेको बताएका छन् । 

    उनले भनेका छन्, ‘यो लोकतन्त्रको मर्मविपरीत छ, संविधानको प्रावधान विपरीत छ । दुई तिहाई नजिकको नेकपाको सरकार बन्दा पनि प्रधानमन्त्रीले गैरजिम्मेवारी पूर्ण हर्कत गरेको आरोप यो लोकतन्त्रको हितमा छैन, सबैतिरबाट प्रतिवाद गरिनुपर्छ ।’

    पुर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले सरकारको यो कदमले हिजो संविधानसभाबाट ल्याएको सुधारिएको ससदीय प्रणालीको धज्जी उडाएको आरोप लगाए । ‘नयाँ संविधानमा हामीले देशमा राजनीतिक स्थिरता कायम गर्नकानिम्ति प्रतिनिधि सभाको कार्यकाल पाँचवर्ष कायम गरेका थियौँ । विगतको अस्थिरतालाई ध्यान दिँदै बीचमा नै संसद विघटन गरेर अस्थिरता निम्त्याउन नदिने प्रावधान राखेका थियौँ, त्यसविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष प्रस्तुत गरेको खबर प्राप्त भएको छ, यो अन्त्यन्त दुखद छ । 

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - ११:१२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij