Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

६ किलो चाँदीका तयारी गरगहना सहित पर्साबाट एक जना पक्राउ

६ किलो चाँदीका तयारी गरगहना सहित पर्साबाट एक जना पक्राउ


  • 4.1K
    Shares

    • images
    ६ किलो चाँदीका तयारी गरगहना सहित पर्साबाट एक जना पक्राउ
    images

    प्रहरीले ६ किलो चाँदीका गरगहनासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-६ का ६० वर्षीय नागेन्द्र साह सोनार छन्।

    उनलाई भारतबाट चाँदीका गरगहना ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज-१६ शंकराचार्य गेटबाट बिहीबार बिहान पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

    शंकास्पद रुपमा पैदल हिँडिरहेका उनलाई प्रहरीले रोकेर झोला जाँच गरेको थियो।

    उनले बोकेको कालो साइड ब्यागभित्र ६ किलो १६८ ग्राम चाँदीका तयारी गरगहना फेला परेको खनालले बताए।

    सोनारलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भइरहेको उनले बताए।

    प्रकाशित मिति :भाद्र ३ २०७८ बिहिवार - १३:४५:१२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij