२०८२ माघ ७ गते बुधवार
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन भएको छ। बुधबार एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएसँगै लामो समयसम्म विवादमा रूमल्लिएको एमाले औपचारिक रूपमा विभाजन भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको केही घन्टामै नेपाल समूहका नेताहरूले कान्तीपथस्थित निर्वाचन आयोगको कार्यालयमा गएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन्।
‘हामीले निवेदन दिएका छौं। अब आयोगले पार्टीको नाम र चुनाव चिन्हको अध्ययन गरेर हामीलाई स्वीकृति दिन्छ,’ सांसद मेटमणि चौधरीले भने।
अर्का नेता जगन्नाथ खतिवडाका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह खुला किताब राखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij