२०८२ भाद्र १ गते आइतवार
फाइभ–जी नेटवर्क विश्वव्यापी नबनेकै अवस्थामा चीनले सिक्स–जी नेटवर्क परीक्षणका लागि अन्तरिक्षमा भूउपग्रह पठाएको छ।
बीबीसीका अनुसार चीनको सांसी प्रान्तको तेयुआन सेटेलाइट लन्च सेन्टरबाट चीनले १२ भूउपग्रहसहित सिक्स–जी प्रविधि जडित एक भूउपग्रह अन्तरिक्षमा पठाएको छ।
फाइभ–जी प्रविधिमा एक सेकेन्डमा एक जीबी डेटा डाउनलोड गर्न सकिन्छ। सिक्स–जी प्रविधि फाइभ–जी भन्दा तिव्र गतिको इन्टरनेट सेवा भएको बताइएको छ।
प्रविधिको क्षेत्रमा चीनले राम्रो प्रगति हासिल गरिरहेको समयमा चीनले नै फेरि सिक्स–जी प्रविधिको परीक्षण गर्न लागेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij