Logo

२०८२ कार्तिक ६ गते बिहिवार

२०८२ कार्तिक ६ गते बिहिवार

संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै नेकपाका सांसद पुगे शीतलनिवास

संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै नेकपाका सांसद पुगे शीतलनिवास


  • 10.2K
    Shares

    संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै नेकपाका सांसद पुगे शीतलनिवास
    images

    काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका केही सांसद राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

    नेकपाका स्थायी कमिटीका एक सदस्यकाअनुसार मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमाथि छलफलका लागि अधिवेशनको माग गर्दै निवेदन लिएर सांसदहरु शीतलनिवास पुगेका हुन् ।

    नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली राष्ट्रपति कार्यालय पुगेका हुन् । तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउन नपाएको नेताहरुले बताएका छन् ।

    राष्ट्रपति कार्यालयका सचिवलाई घण्टौं कुर्दा पनि उनलाई भेट्न नसकेको शीतल निवास पुगेका नेताहरुले बताएका छन् । 

    एकटा अधिवेशनदेखि अर्कोको बिचको अवधि ६ महिना भन्दा बढी हुन नपाइने संवैधानिक बाध्यताका कारण पुस १७ सम्म भने अनिवार्यरुपमा संसद बोलाउनुपर्ने अबस्था छ । यस्तो बाध्यात्मक अबस्था भए पनि सरकारले अधिवेशन बोलाउन आलटाल गरेको बरु एकपछि अर्को अध्यादेशको तयारी गरेको आंशकासहित नेकपा सांसदले विशेष अधिवेशनको माग गरेका छन् ।

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - १४:४१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij