Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

अफगानिस्तानमा तालिवानद्वारा एकैदिन तीन वटा प्रान्तीय राजधानी कब्जा

अफगानिस्तानमा तालिवानद्वारा एकैदिन तीन वटा प्रान्तीय राजधानी कब्जा


  • 5.6K
    Shares

    अफगानिस्तानमा तालिवानद्वारा एकैदिन तीन वटा प्रान्तीय राजधानी कब्जा
    images

    काठमाडौं । तालिवान बिद्रोहीले आइतबार एकै दिन तीन प्रान्तीय राजधानी कब्जा गरेको छ । तालिबान बिद्रोहीले रणनीतिक रुपमा महत्वपूर्ण रहेका प्रान्तीय शहरहरु कब्जा गरेका छन् ।

    तालिवानले ग्रामीण क्षेत्रमा आफ्नो पकड बनाई सकेका छन् । शहर पसेका तालिवान लडाकुले आइतबार उत्तरी शहर कुन्दुज सहित सर–ए–पुल र तालोक्वानमा नियन्त्रण कायम गर्न सफल रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

    यो सँगै अहिले सम्म तालिबानले पाँच प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भएको छ । यसअघि शनिबार तालिबानले उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान तथा शुक्रबार दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो ।

    अफगानिस्तानबाट अमेरिकी तथा अरु विदेशी सैनिक फिर्ता हुने थालेपछि त्यहाँ हिंसा बढ्दै गएको छ । २० वर्षको सैन्य अभियानपछि अमेरिकी तथा नेटोमा आवद्ध सैनिकहरु आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट बाहिरिँदै छन् ।

    तालिवान र सरकारी सुरक्षाबल बिचको भिडन्तका कारण यो वर्ष मात्रै हजारौँ सर्वसाधारण बिस्थापित भएका छन् ।

    प्रकाशित मिति :श्रावण २५ २०७८ सोमवार - १२:३०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij