Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संवैधानिक परिषदसम्बन्धी अध्यादेश तुरुन्तै खारेज हुनुपर्छ : प्रचण्ड

संवैधानिक परिषदसम्बन्धी अध्यादेश तुरुन्तै खारेज हुनुपर्छ : प्रचण्ड


  • 9.4K
    Shares

    संवैधानिक परिषदसम्बन्धी अध्यादेश तुरुन्तै खारेज हुनुपर्छ : प्रचण्ड

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।

    सरकारले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष प्रचण्डले संविधानको मूल्य मान्यता र भावनाविपरित भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने बताएका हुन् ।

    ‘प्रधानमन्त्रीबाट असंवैधानिक हर्कत भयो। पार्टीमा समेत छलफल भएन। यो लोकतन्त्रको उपहास हो। यो अध्यादेश तुरुन्तै खारेज गर्नुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले भने,’ पार्टीहरूले पनि संसद अधिवशेन बोलाउन माग गरिहरहेको र संसद अधिवशेन नजिकै आइरहेको बेलामा जुन ढंगले अध्यादेश आएको छ । यो बदनियतपूर्ण छ। यसलाई तुरुन्तै खारेज गर्नुपर्छ।’

     

    प्रकाशित मिति :मंसिर ३० २०७७ मंगलवार - १६:११:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij