Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

आफ्नै भतिजा र एक भतिजीको शव एक वर्ष देखि आफ्नै कारमा राखेर घुमिरहेकी थिइन् एक महिला, प्रहरीले जाँच गर्दा उड्यो निकोलको होस् !

आफ्नै भतिजा र एक भतिजीको शव एक वर्ष देखि आफ्नै कारमा राखेर घुमिरहेकी थिइन् एक महिला, प्रहरीले जाँच गर्दा उड्यो निकोलको होस् !


  • 5.5K
    Shares

    आफ्नै भतिजा र एक भतिजीको शव एक वर्ष देखि आफ्नै कारमा राखेर घुमिरहेकी थिइन् एक महिला, प्रहरीले जाँच गर्दा उड्यो निकोलको होस् !

    एक महिलाले आफ्नै भतिजा र एक भतिजीको शव एक वर्ष देखि आफ्नै कारमा राखेर घुमिरहेकी थिइन् । एक वर्ष पछि जब एक दिन ट्राफिक प्रहरीले उनको कार खान तलासी गर्यो जे दृष्य देखियो प्रहरीकै होस उड्यो ।

    यो घटना अमेरिकामा भएको हो । अमेरिकी प्रहरीले ति बालबालिका महिलाकै भतिजा र भतिजी भएको जनाएको छ । अहिले महिला पक्राउ परेकी छन् । घटनावारे प्रहरीले अनुसन्धान थालेको छ । महिलाको कारको डिक्कीमा उनले शव राखेकी थिइन् ।

    शुक्रबार एक नियमित ट्राफिक जाँचमा घटनावारे खुलासा भएको हो। अमेरिकाको बाल्टीमोरकी निकोल जोनसनमाथि प्रहरीले अनुसन्धान थालेको छ । बाल्टीमोर सन अखबारका अनुसार ३३ वर्षीय निकोलले गत वर्ष मे महिनामा आफ्नी भतिजीको शवलाई एक सुटकेसमा राखेर डिक्कीमा हालेकी थिइन्।

    त्यसपछि उनले सामान्य रुपले त्यो कारको प्रयोग गरिरहिन्। एक वर्षपछि उनले भतिजाको शव पनि भतिजीको शवको छेउमा राखिन्। यो शवलाई प्लास्टिकको झेलामा राखिएको थियो।

    प्रहरीले उनलाई तिब्र गतिमा कार चलाएको भन्दै रोकेर सोधपुछ गरेको थियो । उनीसंग कारका कागजपत्र पनि थिएनन् । कागजपत्र नभएपछि प्रहरीले उनको कारलाई आफ्नो नियन्त्रणमा लियो । त्यसपछि खोजतलास गर्दा घटना खुलेको हो ।

    निकोलका अनुसार उनलाई उनकी दिदीले यी दुई बालबालिका हेरचाहको लागि दिएकी थिइन्। उनीहरुको निधन कसरी भयो भन्ने उनले बताएकी छैनन् । एजेन्सी 

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - १२:३९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij