Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

केपी ओलीले अध्यक्ष नछोडेसम्म एमाले एकता हुदैन : रामकुमारी झाँक्री

केपी ओलीले अध्यक्ष नछोडेसम्म एमाले एकता हुदैन : रामकुमारी झाँक्री


  • 7.5K
    Shares

    केपी ओलीले अध्यक्ष नछोडेसम्म एमाले एकता हुदैन : रामकुमारी झाँक्री

    काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले अध्यक्ष छाडेपछि मात्रै पार्टीमा आन्तरिक एकता हुने बताएकी छन् ।

    अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै झाँक्रीले ओलीले आत्मालोचनासहित राजीनामा नदिएसम्म एकता सम्भव नभएको बताएकी हुन् । ‘जतिबेला राजनीतिलाई आजको यो स्थितिमा पुर्‍याउनेहरू मेनस्ट्रिम (मूलधार) बाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ’ उनले भनिन् । प्रतिगमनकारीले सामान्य प्रायश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन नसक्ने उनको तर्क थियो ।

    एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश भन्ने दुई थरि मत रहेको भन्दै उनले प्रश्न गरिन्, ‘समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ ?’

    आफू पार्टी एकता विरोधी नभएको भन्दै झाँक्रीले अध्यक्ष ओलीबाट पुस ५ र जेठ ७ मा भएको प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताइन् । तर यसको जवाफ अहिले कार्यदलले गरेको १० बुँदे सहमतिले दिन नसक्ने उनको जिकिर छ ।

    प्रकाशित मिति :श्रावण १६ २०७८ शनिवार - २०:२७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij