२०८२ फाल्गुण २१ गते बिहिवार
भारतमा ४३ हजार ६५४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। हप्तौंपछि भारतमा एकैदिन ४० हजारभन्दा बढी संक्रमित पहिचान भएका हुन्।
यस्तै, ४१ हजार ६७८ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९९ हजार ४३६ पुगेको छ।
कोभिड १९ संक्रमणका कारण थप ६४० जनाको मृत्यु भएको छ। भारतमा ४ लाख २२ हजार २२ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij