Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

चीनमा पुनः भेटिए कोरोनाका नयाँ सङ्क्रमित, निको भएकाहरुको पुनः परीक्षण

चीनमा पुनः भेटिए कोरोनाका नयाँ सङ्क्रमित, निको भएकाहरुको पुनः परीक्षण


  • 5.2K
    Shares

    चीनमा पुनः भेटिए कोरोनाका नयाँ सङ्क्रमित,  निको भएकाहरुको पुनः परीक्षण
    images

    कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ ।

    चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको बताइएको छ ।

    चीनको जाङ्सु र लियानिङमा ती सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ सङ्क्रमितहरु देखिने गरेका छन् ।चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । आइतबार मात्र चीनमा कोरोना भाइरसका यी सङ्क्रमित भित्रैबाट देखिएका र अरु ३६ जना बाहिरबाट आएका नागरिकमा पाइएको छ ।

    चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरुले जनाएका छन् ।स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ ।

    चीनले कोरोना निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । यहाँ पछिल्ला हप्ताहरुमा हेलिङजाङ, हेइबेइ, संघाइमा पनि सङ्क्रमित देखिएका छन् ।

    त्यसैले चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न थालेको छ र उनीहरुको पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको जनाएको छ । सिन्ह्वा

    प्रकाशित मिति :श्रावण ११ २०७८ सोमवार - १३:२६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij