Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

पछिल्लाे २४ घण्टामा थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

पछिल्लाे २४ घण्टामा थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु


  • 6.5K
    Shares

    पछिल्लाे २४ घण्टामा थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

    पछिल्लाे २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
    यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ । 
    यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृत्यु भएको छ । 
    हालसम्म कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ । 

    प्रकाशित मिति :श्रावण ५ २०७८ मंगलवार - १७:००:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij